मोटिभेटन्यूज संवाददाताकाठमाडौं

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना चढेको एयर डाइनेस्टी हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ। गृहसचिव प्रेमकुमार राईले हेलिकोप्टर दुर्घटनामा परेको पुष्टि गरे। मन्त्री अधिकारीसहित , यति एयरलाइन्सका आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सरकारी स्वकीय सचिव युवराज दाहालसहित ६ जना सवार थिए।
उक्त हेलिकोप्टर ताप्लेजुङका लागि काठमाडौंबाट आजै उडेको थियो।
ताप्लेजुङको दाह्रेडाँडा ठूलो आवाज सहित आगो बलेको सूचना आएपछि स्थानीय प्रहरी र स्थानीयवासी त्यसतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए।
२०७५ फागुन १५ गते प्रकाशित
