News Portal

ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटना भएकाे विमानस्थल कार्यालयले पनि पुष्टि

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२१ पटक
काठमाडौं

फागुन १५, काठमाडौं- ताप्लेजुङमा एयर डाइनेस्टीकाे हेलिकाेप्टर दुर्घटना भएकाे विमानस्थल कार्यालयले पनि पुष्टि गरेकाे छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ६ जना सवार हेलिकाेप्टर आज ताप्लेजुङकाे पाथीभरा नजिकै दुर्घटना भएकाे विमानस्थल कार्यालयकाे एयर कन्ट्राेलरले जनाएकाे हाे।

कलसाइन एएमआई (अल्फा माइक इन्डिया) उक्त हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो।

मन्त्रीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

ठूलो आवाजसहित आगो बलेको सूचना आएपछि प्रहरी र स्थानीयवासी दुर्घटनास्थलतर्फ लागेको ताप्लेजुङका एसपी सञ्जयसिंह थापाले बताए।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्