News Portal

हेलिकोप्टर दुर्घटना : पर्यटनमन्त्री अधिकारीसहित ६ जनाको निधन भएको पुष्टि

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५८६ पटक
काठमाडौं

फागुन १५, काठमाडौं- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रविन्द्र अधिकारीसहित ६ जनाको निधन भएको नागरिक उड्डयन प्राधिकरणद्वारा पुष्टि गरेको छ।  पर्यटनमन्त्री  अधिकारीसहित ६ जना सवार हेलिकोप्टरका पूरै भाग जलेर ध्वस्त भएको जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकाेप्टर आज ताप्लेजुङकाे पाथिभरा नजिकै दुर्घटनामा परेको विमानस्थल कार्यालयकाे एयर कन्ट्राेलरले  पुष्टि गरेको छ। हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

एयर डाइनेस्टीको कलसाइन एएमआई (अल्फा माइक इन्डिया) हेलिकोप्टर काठमाडौंबाट आज बिहान साढे ८ बजे उडेको थियो। मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न गएको थियो। तर मानवीय क्षति भए/नभएको बारे पुष्टि हुन सकेको छैन।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्