News Portal

कञ्चनपुर तनावग्रस्त : प्रहरीले गोली चलाउँदा ८ घाइते, १ लाई भारत लगियो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७१ पटक
काठमाडौं

भदौ ७, कञ्चनपुर – १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्यामा सलंग्नलाई पक्राउ गर्न माग गर्दै कञ्चनपुरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ८ जना घाइते भएका छन् । आज कञ्चनपरको महेन्द्रनगरमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा सन्तोष कुमार कठरिया, तेजराज भट्ट र अर्जुन भण्डारी  घाइते भएका छन् । भण्डारी लाई थप उपचारको लागि भारत पठाइएको छ भने सन्तोषकुमार कठरिया र तेजराज भट्टलाई पनि अस्पतालले रिफर गरिदिएको छ ।

आज भएको प्रर्दशनमा प्रहरीसँगको झडपमा कृतप्रसाद भण्डारी, मनोज बुढा, सञ्जय खड्का, हर्क बहादुर पाल र महेशराज भट्ट पनि घाइते हुनुभएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोपमा आन्दोलन गरिरहेका छन् । प्रदर्शन र बारम्बार झडप जारी रहेको छ।

२०७५ भदौ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्