News Portal

पाकिस्तान सुपर लिगमा सन्दिपद्वारा अर्को उत्कृष्ठ प्रदर्शन, लिए ४ विकेट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३० पटक
काठमाडौं

फागुन १५, काठमाडौं– पाकिस्तान सुपर लिगमा सन्दिपले अर्को उत्कृष्ठ प्रदर्शन गरेका छन् । लाहोर कलन्दर्सबाट बलिङ गरिरहेका सन्दिपले ३ ओभरको बलिङमा ८ रनमात्र दिएर ४ विकेट लिइसकेका छन् ।

यसअघिको खेलमा पनि सन्दिपले ३ विकेट लिँदा मुल्तान सुल्तान्स टोलीले दिएको २०१ रनको चुनौती पार गर्दै लाहोर कलन्दर्सले विजय हासिल गरेको थियो ।

२०१ रनको लक्ष्य पूरा गर्ने क्रममा लाहोरले २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएकाे थियाे ।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्