News Portal

राष्ट्रपति भण्डारीद्वारा हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्रीको निधन भएकोमा दुख व्यक्त

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२४९ पटक
काठमाडौं

फागुन १५, काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा दुख व्यक्त गरेकी छन् ।

बुधबार साँझ विज्ञपित जारी गरी राष्टपति कार्यालयले राष्ट्रपति भण्डारीले अधिकारीको निधनप्रति गहिरो शोक व्यक्त गरेको जनाएको छ ।

राष्ट्रपति भण्डारीले हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका पर्यटन उद्यमी आङछिरिङ शेर्पा, अन्य राष्ट्रसेवक कर्मचारीको शोकाकुल परिवारजनमा पनि समवेदना व्यक्त गरेकी छन् ।

२०७५ फागुन १५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्