News Portal

मन्त्री अधिकारीको शोकमा झन्डा आधा झुकाउने नेकपाको निर्णय

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

फागुन १६, काठमाडौं- पर्यटनमन्त्री तथा पार्टीका नेता रवीन्द्र अधिकारीको निधनप्रति शोक व्यक्त गर्दै नेपाल कम्युनिस्ट पार्टीले पार्टीको झन्डा आधा झुकाउने निर्णय गरेको छ।

नेकपा सचिवालयको बिहीबारकोबैठकले शोक प्रस्ताव पारित गर्दै हेलिकोप्टर दुर्घटनामा निधन भएकाहरुप्रति श्रद्धाञ्जली अर्पणसमेत गरेको छ।

दुर्घटनामा मृत्यु भएकाहरुको परिवारको आर्थिक अवस्था हेरेर सहयोग गर्न सरकारसमक्ष नेकपाले आग्रह गरेको छ।

तेह्रथुमको चुहानडाँडामा विमानस्थल निर्माणका लागि सम्भाव्यता अध्ययनका लागि काठमाडौँबाट मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको काम सकेर ताप्लेजुङको पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार फुङलिङ नगरपालिका-१० मा दुर्घटनामा परेको थियो।

दुर्घटनामा परी मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचीभैया र पाइलट प्रभाकर केसी गरी सात जनाकै निधन भएको थियो।

२०७५ फागुन १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्