News Portal

ट्रम्प र किमबीचको वार्ता निष्कर्ष विहीन,दुबै नेताले वार्तास्थल छोडेर हिँडे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३७ पटक
काठमाडौं

फागुन १६, हनोई– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रप र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीचको दोस्रो वार्ता निष्कर्ष विहीन भएको छ । भियतनामको राजधानी हनोईमा भएको दोस्रो भेटवार्ता निष्कर्ष विहीन भएको हो ।

अमेरिकी राष्ट्रपति ट्रप र उत्तर कोरियाली सर्वोच्च नेता उनबीचको बिहीवारको वार्ता निष्कर्ष विहीन बनेपछि अर्को वार्तापनि अनिश्चित बनेको छ ।

ह्वाईट हाउसका प्रेस सचिव सराह स्यान्ड्रसले दुबै देशका राष्ट्रपतिले कोरियाली द्विपमा भएको परमाणु हातहतियारको विषयमा छलफल भएको जानकारी दिएकी छन् । ‘आजको वार्तामा कुनै उपलब्धी हुने सकेन, दुबै देशले यसबारे फेरि थप छलफल गर्ने संकेत गरेका छन्,’ उनले भनिन् । तथापि उनले आजको वार्ता सकारात्मक र एकदमै राम्रो भएको प्रतिक्रिया दिइन् ।

यस्तै, दुबै देशले बिहीवार गर्ने भनेको समझदारी पत्रमा पनि हस्ताक्षर हुन सकेन । उनीहरुको हनोई मेट्रोपोल होटलमा हस्ताक्षर पछि सँगै ‘लन्च’ गर्ने कार्यक्रम पनि स्थगित भएको छ । दुबै नेताले वार्तास्थल छोडेर हिँडेको बताइएको छ ।

२०७५ फागुन १६ गते प्रकाशित

प्रतिकृया दिनुहोस्