News Portal

प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुरमा अनिश्चितकालिन कर्फ्यू

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९२ पटक
काठमाडौं

भदौ ७, कञ्चनपुर – बलात्कारपछि बालिका हत्याका दोषी पत्ता लगाउन माग गर्दै चार दिनदेखि जारी प्रदर्शनले हिंसात्मक रुप लिएपछि कञ्चनपुर सदरमुकाम महेन्द्रनगर र आसपासको क्षेत्रमा कर्फ्यू लगाइएको छ । भीमदत्त नगरपालिकाका विभिन्न क्षेत्र तथा जिल्लाका अन्य भागमा पनि बालिकाका हत्यारालाई कारबाही माग गर्दै थालिएको प्रदर्शन झन् चर्किँदै गएपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले अनिश्चितकालिन कर्फ्यू जारी गरेको हो ।

आज भएको प्रर्दशनमा प्रहरीसँगको झडपमा कृतप्रसाद भण्डारी, मनोज बुढा, सञ्जय खड्का, हर्क बहादुर पाल र महेशराज भट्ट पनि घाइते हुनुभएको छ । प्रहरीले मानसिक सन्तुलन गुमाएका दिलिपसिंह बिष्टलाई जबर्जस्ती अभियुक्त बनाएर सार्वजनिक गरेको भन्दै स्थानीय बासिन्दाले पन्तको बलात्कार र हत्यामा संलग्नलाई जोगाउन खोजेको आरोपमा आन्दोलन गरिरहेका छन् ।

तर प्रहरीतर्फ अश्रुग्यासका सेल सकिएपछि अवस्थालाई नियन्त्रण बाहिर जान नदिन गोली चलाउनुपरेको प्रहरी अधिकृतहरुको भनाइ छ । गोलीबाट प्रदर्शनकारी घाइते भएपछि अझै अवस्था भड्किने सम्भावना देखेपछि स्थानीय प्रशासनले कर्फ्यू जारी गरेको हो ।

२०७५ भदौ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्