News Portal

देउवा भन्छन्: ‘गोदावरीमा राजधानी उपयुक्त छैन, दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न सकेन ’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५२ पटक
काठमाडौं

फागुन १७ धनगढी – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी कुनै पनि दृष्टिले कैलालीको गोदावरी उपयुक्त हुन नसक्ने बताएका छन् ।

नेपाल प्रेस युनियन कैलालीले धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा सभापति देउवाले भने, “गोदावरीको तेघरी जङ्गल मासेर राजधानी बनाउने कुरा उपयुक्त हुन सक्दैन ।” उनले वर्तमान दुई तिहाईको सरकारले एक वर्षमा कुनै पनि महत्वपूर्ण काम गर्न नसकेको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हालै सुदूरपश्चिमको प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा कैलालीको गोदावरीलाई स्थायी राजधानी बनाउने प्रदेशसभाको निर्णयको स्वागत गरेका थिए ।

२०७५ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्