News Portal

हेलिकप्टर दुर्घटनामा मृत्यु भएकाप्रति कर्मचारी युनियन संघद्वारा दुःख ब्यक्त

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५० पटक
काठमाडौं

 

फागुन १७, काठमाण्डौं । हेलिकप्टर दुर्घटनामा पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित अन्य ७ जनाको मृत्युप्रति नेपाली कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन संघले दुःख ब्यक्त गरेको छ ।

संघका उप महासचिव दुर्गाप्रसाद फुयालले एक विज्ञप्ति जारी गर्दै उनीहरुको मृत्युले देशलाई अपुरणीय क्षति पुगेको जनाएका हुन् । नेपालमा उड्डयन जोखिम न्यूनीकरणको सवालमा विभिन्न आयोग गठन गरेर प्रतिवेदन दिएको भए पनि त्यसमाथि पूर्ण ध्यान दिन नसक्दा यस्तो घटना घटिरहेको उनले उल्लेख गरेका छन् । मन्त्री अधिकारीको दुर्घटनाको सम्वन्धमा नागरिक उड्डयन सुरक्षाको लापरवाहीकै कारण भएको कर्मचारी युनियन संघका उप महासचिव दुर्गाप्रसाद फुयालले बताए । फुयालले भने, ‘प्रतिकूल मौसमकाबीच बिना जानकारी आपतकालिन उडानका कारण देशले होनहार युवा नेता गुमाउँदा हामी अत्यन्तै मर्माहत भएका छौं । ’

२०७५ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्