News Portal

व्यवसायीहरुलाई ठगीको जस्ताे व्यवहार नगर्न प्रचण्डको आग्रह

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९२ पटक
काठमाडौं

भदौ ७, काठमाडौं – सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले राज्यले उद्योगी/व्यवसायीहरुलाई ठगीको जस्ताे व्यवहार गर्न नहुने बताएका छन्  ।

अध्यक्ष दाहालले आर्थिक समृद्धिको परिकल्पनालाई साकार पार्न उद्योगी, व्यवसायीहरुलाई प्रोत्साहित हुने गरी आवश्यक वातावरण बनाउन पनि सरकारको ध्यानाकर्षण गराउनुभयो । अध्यक्ष दाहालले कर छल्ने गतिविधिमा संलग्न नहुन उद्योगी व्यवसायीहरुलाई पनि आग्रह गरे  ।

बिहीबार काठमाडौंमा आयोजित इभेन्टस् एण्ड भेन्यू एशोसिएसन अफ नेपालको ८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले राज्यले उत्पादन वृद्धि गरी रोजगारीको अवसर सृजना हुने गरी उद्योगी व्यवसायीहरुसँग सहकार्य गरेर अघि बढनुपर्ने आवश्यक्ता औंल्याए  ।

अध्यक्ष दाहालले राज्यले उद्योगी, व्यवसायीहरुलाई हेर्ने नकारात्मक दृष्टिकोणका कारण नेपालमा विकासतर्फको यात्राले तीव्रता पाउन नसकेको पनि स्पष्ट पारे  । उनले नागरिकलाई बलियो बनाएर मात्रै मुलुकको समृद्धिको यात्रालाई गति दिन सकिने पनि स्मरण गराए  ।

अध्यक्ष दाहालले वैदेशिक लगानी भित्र्याउन पनि राज्यले नियन्त्रणकारी नभई सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्ने धारणा पनि राखे  ।

२०७५ भदौ ७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्