News Portal

मन्त्री अधिकारीको निधनप्रति जनसांस्कृतिक महासंघ नेपालद्वारा शोक ब्यक्त ( बक्तब्यसहित)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९८ पटक
काठमाडौं

फागुन १७ काठमाडौं । जनसांस्कृतिक महासंघ नेपालले ताप्लेजुङको फुङलिङ नजिकै तारेभीरमा हेलिकोप्टर दुर्घटना हुँदा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्रप्रसाद अधिकारीको मृत्यमा शोक बक्तब्य प्रकाशित गर्दै देशले एक होनहार युवा नेता गुमाउँदा महासंघ स्तब्ध र शोकमग्न भएको जनाएको छ ।

महासंघका अध्यक्ष सरल सहयात्रीले एक शोक बक्तब्य जारी गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यसमेत मन्त्री रहेका अधिकारी विकासप्रेमी, आशालाग्दा र उदयीमान नेता भएको उल्लेख गर्दै उनको मृत्युले सिंगो देश र पार्टीलाई अपुरणीय क्षति भएको उल्लेख गरेका छन् । वक्तब् यमा भनिएको छ ‘यस दुःख र शोकको घडीमा मृतक मन्त्री अधिकारीसहित सबैमा महासंघ भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरुका शोक सन्तप्त परिवारजनप्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछ ।’

गत बुधबार तेह्रथुम जिल्लाको आठराइ चुहान डाडामा बन्न लागेको विमानस्थलको स्थलगत अवलोकन भ्रमण गरेर ताप्लेजुङको पाथिभरा मन्दिरको दर्शन गरी काठमाडौं फर्कनेक्रममा मौसममा आएको खराबीका कारण हेलिकप्टर तारेभीरमा दुर्घटना हुँदा मन्त्री अधिकारी, नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, पर्यटन ब्यावसायी आङछिरिङ शेर्पा, प्रधानमन्त्रीका सल्लाहकार युवराज दाहाल, मन्त्रीका पिएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

 

२०७५ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्