News Portal

दार्चुला जीप दुर्घटना अपडेट : १० जनाको मृत्यु, उद्धारको कार्य जारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८५ पटक
काठमाडौं

फागुन १७ दार्चुला — दार्चुलामा जीप दुर्घटनामा हुँदा १० जनाको मृत्यु भएको छ । सदरमुकाम खलंगाबाट हिकिला जाँदै गरेको म १ ज २८० नम्बरको जिप दुहुँ-३ राताकाठा सडक खण्डबाट महाकाली नदीमा खसेको प्र निमित्त प्रहरी प्रमुख रबिन्द्र कठायतले जानकारी  दिए।उनका अनुसार सदरमुकामबाट करिब ८ किलोमिटरको दुरीमा बेलुकी करिव सवा ८ बजेतिर जीप दुर्घटना परेको हो।

उनले घटना स्थलबाट तीन जनाको शव निकालिएको र एक महिला, तीन पुरुष र एक नावालकको शव देखिएपनि अप्ठ्यारो भीर भएकाले निकाल्न गाह्रो भइरहेको बताए।

दुर्घटनास्थल निकै भिरालो र तल महाकाली नदि रहेकाले केकति मानवीय क्षति भयो भन्ने बारेमा एकिन हुन नसकेको काठायतले जानकारी दिए।

जीप सडकबाट २ सय मिटर तल महाकाली नदि किनारमा खसेको छ । उद्धारको कार्य जारी रहेकाले मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

घाइते चालक दिपक धामीलाई उपचारको लागि जिल्ला अस्पताल दार्चुला लगिएको छ । उद्धारको लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रहरी टोली घटनास्थलमा रहेको छ । मृतकको सनाखत हुन सकेको छैन् ।

२०७५ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्