News Portal

पाकिस्तानले भारतलाई बुझायो भारतीय वायुसेनाका पाइलट

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९९ पटक
काठमाडौं

पाकिस्तानको भूमिमा करीब ५६ घण्टा बिताएका भारतीय वायुसेनाका विङ्‌ग कमाण्डर अभिनन्दन भर्थमन भारत फर्किएका छन्।

अभिनन्दनलाई पाकिस्तानले शुक्रबार साँझ करीब साढे ९ बजे बाघा अटारी सीमाबाट भारतलाई सुम्पिएको हो।  उनलाई विमानमा राखेर इस्लामाबादबाट लाहौर लगिएको थियो। त्यहाँबाट पाकिस्तानी सेनाका गाडीहरू उनलाई लिएर स्थलमार्गबाट वाघा पुगेका थिए।

भारतीय वायुसेनाका अधिकारीहरू पनि हस्तान्तरण कार्यक्रममा उपस्थितको बीबीसीले जनाएको छ।

पाकिस्तानले भारतको सीमामा सुम्पिएपछि दुवै तर्फको बोर्डरको गेट लगाइएको छ। त्‍यहाँ बीएसएफ़का सम्पूर्ण अधिकारी, पञ्‍जका प्रशासनका सम्पूर्ण अधिकारी पुगेका थिए।

वर्तमानलाई स्वागत गर्न हजारौँ भारतीयहरू सीमावर्ती अटारीमा जम्मा भएका थिए। उनीहरूले हातमा मिष्ठान्न, विभिन्न नारा लेखिएका ब्यानर र माला बोकेको देखिन्थ्यो।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहिबार पाकिस्तानी संसदको संयुक्त सत्रमा सम्बोधन गर्दै भारतीय पाइलट रिहा गर्ने जानकारी दिएका थिए ।

भारतीय पाइलटको रिहाइले भारतमा खुसीयाली छाएको छ । पाइलट अभिनन्दनकी आमाले टेलिभिजनमा इमरानले सम्बोधन गर्दा छोरालाई रिहा गर्ने खबर सुनेपछि उनको तस्बिरमा हात जोडेर धन्यवाद प्रकट गरेकी थिइन्।

भारत–पाकिस्तानबीच बुधबार भएको हवाई हमलामा भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो। भारतले उनको सुरक्षित फिर्तीको लागि पाकिस्तानसँग माग गरेको थियो।

अभिनन्दन भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर हुन्। उनी बुधबार लडाकु विमान मिग २१ लिएर पाकिस्तान उडेका थिए। तर हवाई मुठभेडमा पाकिस्तानले विमान खसाले पछि कब्जामा परेका हुन्। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका अभिनन्दनको अवस्था ठिक छ।

अभिनन्दनका वुबा र भाइ पनि वायुसेनामै कार्यरत छन्। अभिनन्दन सन् २००४ मा भर्ती भएका थिए।

२०७५ फागुन १७ गते प्रकाशित

प्रतिकृया दिनुहोस्