News Portal

नेकपाका नेताहरुलाई यातना दिएको र परिवारलाई समेत भेट्न नदिएको भन्दै क्रान्तिकारी पत्रकारद्वारा आयोगको ध्यानाकर्षण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६३ पटक
काठमाडौं

फागुन १८ काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीका युवा नेता सूर्य भुजेललाई प्रहरीले हिरासतमा यातना दिएको र परिवारलाई समेत भेट्न नदिएको भन्दै क्रान्तिकारी पत्रकारले मानव अधिकार आयोगको ध्यानाकर्षण गराएको छ । भुजेलसँगै देशभरबाट गिरफ्तार भएका नेता–कार्यकर्तालाई यातना दिएको, परिवारलाई समेत भेट्न नदिएको र झुटा आरोपमा फसाउन लागेको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालको टोलीले आयोगका सदस्य सुदिप पाठकलाई भेटेर ध्यानाकर्षण गराएक हो ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष डिल्लीराज रावतको नेतृत्वमा गएको टोलीले आस्थाका आधारमा देशैभरीबाट गिरफ्तार गरिएका नेकपाका नेता-कार्यकर्ताहरुलाई हिरासतमा यातना दिएर मानव अधिकारको हनन् गरेको बताएको छ । अध्यक्ष रावतले झुटा आरोप जबरजस्त स्वीकार्न लगाएको र हिरासतमै प्रहरीले चरम भौतिक र मानसिक याताना दिएर मानव अधिकारको गम्भीर उलंघन भइरहेको बताए ।

“आस्थाका आधारमा देशैभरी गिरफ्तार गरिएका विप्लव नेतृत्वको नेकपा निकट नेता–कार्यकताहरुलाई हिरासतमा लिएपछि जानकारी नदिएको, थुनुवालाई यातना दिएको र भेटघाट गर्नसम्म दिएको छैन । यसमा आयोगको ध्यान पुगोस्” रावतले पाठकसँगको भेटमा भने ।

अछामबाट गिरफ्तार अखिल नेपाल महिला संघ (क्रान्तिकार)की अध्यक्ष बन्धु चन्दलगायत नेकपाका नेता–कार्यकर्तालाई भौतिक र मानसिक यातना दिएको भन्दै पत्रकारहरुले आयोगको ध्यानाकर्ष समेत गराएका छन् ।

पत्रकारहरुको टोलीसँग आयोगका सदस्य पाठकले कसैले कुनैपनि प्रकारको यातना पाएको भए त्यो प्रचलित संविधान र कानुन विरोधी हुने र त्यसको विरोध गरिने बताए । देशैभरी गिरफ्तार परेका व्यक्तिको अवस्थाका बारेमा आयोगलाई जानकारी दिन आफन्त र पत्रकारहरुलाई पाठकले अनुरोध समेत गरेका छन् ।

नेकपाले एनसेलको मुख्यालयमाथि गरेको कारवाहीमा संलग्नको आरोपमा गिरफ्तार भुजेललाई परिवारलाई मसेत भेट्न नदिएको जानकारी पाएपछि पाठकले भने, “भुजेलका परिवार र एकजना कानुन व्यवसायीलाई भेट्न दिनुपर्छ र पक्राउ गरिसकेपछि कुनैपनि प्रकारको यातना दिनु मानव अधिकार विरोध कार्य हो ।”

आयोगको कार्यालयमा पाठकसँगको भेटपछि नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा सोही संगठनका उपाध्यक्ष जन्मदेव जैसी, महासचिव तथा मेरो दैनिकका सम्पादक बाबुराम भुसाल र वरिष्ठ केन्द्रीय सदस्य तथा संचारकेन्द्रका सम्पादक कमल बुढासहितको टोली महानगरिय प्रहरी परिसर जाउलाखेलमा पुगेर भुजेललाई भेट्‍न खोजेको थियो । पाठकसँग फोनमा र पत्रकार टोलीसँग सुरुमा प्रहरीले भेट्न दिने बताएपनि लामो समय कुराएर भेट्न नदिएर पठाएको छ ।

पत्रकारहरुको टोलीले एसएसपी रबिन्द्र धानुक, एसपी गोविन्द थपलिया र डिएसपी नारायण चिमौरियासँग छलफल गरेपनि भुजेललाई भेट्न पुगेको पत्रकारसहितको टोलीलाई घण्टौ कुराएर माथिको आदेश भन्दै भेट्न दिइएन ।

भुजेललाई यातना दिएको र परिवारलाई भेट्न नदिएर मानव अधिकारको हनन् गरेको भन्दै सरोज न्यौपानेले आयोगमा उजुरी गरेका थिए ।

२०७५ फागुन १८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्