News Portal

मौसम : आज पनि मेघगर्जनसहित पानी पर्ने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६९ पटक
काठमाडौं

फागुन १९ काठमाडौँ – देशभर आज (आइतबार) पनि मौसममा बदली भएर केही स्थानहरुमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद शुवास रिमालले देशभर मौसम बदली भएर केही स्थानहरूमा मेघगर्जनसहितको वर्षा हुने सम्भावना देखिएको जानकारी दिए ।

उनले देशभर मौसममा बदली भएकाले प्राय सबै क्षेत्रमा पानी पर्न सक्ने बताए ।

उच्च पहाडी भूभागहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना पनि रहेको उनले बताए ।

सोमबारदेखि सामान्य रुपमा मौसममा सुधार आउने मौसमविद रिमालको भनाई छ ।

२०७५ फागुन १९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्