News Portal

मिडियामाथि राज्यले अंकुश लगाउन खोजेको भन्दै क्रान्तिकारी पत्रकार संगठन नेपालद्वारा काठमाडौंमा प्रदर्शन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
५०३ पटक
काठमाडौं

फागुन २० काठमाडौँ – क्रान्तिकारी पत्रकार संगठन, नेपालले काठमाडौंका प्रदर्शन गरेकाे छ ।  ठूला मिडिया हाउसहरुले पत्रकारलाई राज्यले तोकेकको न्यूनतम पारिश्रमिक लागु नगरेको र साना तथा स्वरोजगार मिडियामाथि राज्यले अंकुश लगाउन खोजेको भन्दै पत्रकारहरुले काठमाडौंमा प्रदर्शन गरेकाे हाे।

क्रान्तिकारी पत्रकार संगठन नेपाल र कान्तिपुरपुर मिडिया ग्रुप संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा काठमाडौंको नयाँ बानेश्वरबाट माइतीघर मण्डलाससम्म र्यालाीको आयोजना सहित प्रदर्शन गरिएको हो ।

सयौंको संख्यामा पत्रकारहरु सहभागी रहेको र्यालीपछि बोल्ने वक्ताहरुले ठूला मिडिया हाउसहरुका राज्यले तोकेको पारिश्रमिक लागु गर्नैपर्ने र सरकारले सानामिडियाको घाँटी निमोठ्ने गरी नीति बनाएको भन्दै तत्काल त्यस्तो नीति खारेज गर्नुपर्नेमा जोड दिए ।

र्यालीमा सहभागी पत्रकार तथा कर्मचारीहरुले श्रमिकहरुको तोकिएको तलव रोक्ने कार्य तत्काल बन्द गर लगायतका नारा लगाएका थिए ।

कार्यक्रममा पत्रकार महासंघका पूर्वकेन्द्रीय सचव प्रभात चलाउनेले श्रमजीविहरुको पसिना चुसेर मालिकहरुले महल ठड्याएको भन्दै सरकारले तोकेको न्यूनतम पारिश्रमिक ठूला मिडिया हाउसहरुले तत्काल लागु गर्नुपर्ने भन्दै त्यो लागु गराउन गरिने यस्ता खाले आन्दोलनमा आफ्नो सधैंसाथ रहने बिचार ब्यक्त गरे ।

कार्यक्रममा क्रान्तिकारी पत्रकार संगठनका अध्यक्ष डिल्लीराज रावतले साना तथा स्वरोजगार मिडिलालाई बन्देज गर्ने गरी सरकारले लिएको नीति तत्काल खारेज गर्नुपर्ने माग राखे । उनले मालिक र मजदुरबीच विभेद रहँदासम्म श्रमजीविहरुको आन्दोलन जारी रहने बताए ।  महासंघका केद्रीय सदस्य जन्मदेव जैशीले मिडिया हाउसहरुमा सरकारले तोकेको पारिश्रमिक रोकिएकोप्रति आक्रोस ब्यक्त गर्दै तत्काल सरकारी निर्णय लागु गर्नुपर्ने धारणा राखे ।

त्यस्तै कान्तिपुर मिडिया हाउसमा कृयाशील अखिल नेपाल सञ्चार छापाखाना मजदुर संगठनका अध्यक्ष श्रीराम वाग्लेले कान्तिपुरमा राज्यले तोकेको पारिश्रमिक लागु नगरे संघर्षका थप कार्यक्रम सहित अगाडी बढ्ने चेतावनी दिए । अर्कावक्ता कान्तिपुर कर्मचारी संघका अध्यक्ष अर्जुन पाठकले कान्तिपुर जस्तो ठूलो मिडिया हाउसमा सरकारले तोकेको कर्मचारी पत्रकारको पारिश्रमिक लागु नगर्ने हो भने पत्रकार तथा कर्मचारीहरु अर्को शसक्त आन्दोलन गर्न बाध्यहुने चेतावनी दिए ।

त्यस्तै कान्तिपुर टेलिभिजन पत्रकारका अध्यक्ष निर्मला बस्नेतले अभिव्यक्ति स्वन्त्रताको ठूला कुरा गर्ने मिडिया हाउसहरुले सरकारले तोकेको पारिश्रमिक लागु नगर्नु गलत भएको धारणा राखिन् । त्यस्तै अर्कावत्ता कान्तिपुर कर्मचारी युनियनका अध्यक्ष झकप्रसाद खतिवडाले राज्यलाई नै प्रभावमा पारेर मिडिया हाउसहरुले न्यूनतम पारिश्रमिक लागु नगरेको भन्दै तुरुन्त लागु गर्न माग गरे ।

त्यस्तै राजधानी दैनिकमा कृयाशील अखिल नेपाल सञ्चारछापाखाना मजदुर संघका शिव गौतमले राज्यले गरेको आदेशको ठूला भनिएका मिडियाहरुले धज्जी उडाइरहेको भन्दै आन्दोलनको माध्यमबाट राज्यले तोकेको नियम लागु गराइछाड्ने दावी गरे ।

सञ्चार मन्त्रालयले सरकारी तथा नीजिक्षेत्रका मिडियाहाउसहरुमा यसअघि तोकेको पत्रकार तथा कर्मचारीहरुको पारिश्रमिक १९,५०० बाट बढाएर २४ हजार पुर्याएको थियो ।

पछिल्लोपटक सरकारले तोकेको पारिश्रमिक ठूला मिडियाहाउसहरुले लागु नगरेको भन्दै पत्रकार तथा कर्मचारीहरु देशभर आन्दोलत छन् । त्यस्तै साना तथा स्वारोजगार मिडियाहरुमाथि पनि मन्त्रालयले मिडीयाहरु समयकम दर्ता नगरे दर्ता तथा नविकरण खारेज गरिदिने तथा परिचयपत्र लगायतका सुविधा पाउनको लागि बैंकिङ मार्फत तलव उपलब्ध गराएको हुनैपर्ने जस्ता बाध्यकारी नियम बनाएाको भन्दै साना मिडिया सञ्चालकहरुपनि आन्दोलनमा छन् ।

२०७५ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्