News Portal

किरात राई यायोक्खाको जारी महाधिवेशनमा विबाद, अध्यक्षले वितन्डा मचाएको प्रतिनिधिहरुको भनाई

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३०५ पटक
काठमाडौं

धरान २०, फागुन – किरात राई यायोक्खाको जारी दशौँ राष्ट्रिय महाधिवेशनमा वर्तमान अध्यक्ष तिलक राईले सारा तिकडम गरेर प्रतिनिधीहरुलाई रणभुलमा पारेका छन् । उनले यायोक्खाको भातृसंस्थाको पनि जिल्ला शाखाको सामान्य विवादलाई लिएर उनले निकै ठुलो तिकडम गरेको बुझिएको छ ।

सुनसरीमा भएका केही पत्रकारहरुको उक्साहटमा लागेर महाधिवेशनको बन्दशत्र शुरु भएयता उनले प्रतिनिधिहरुलाई हप्काउने तथा ‘म अध्यक्ष हुँ मैले भनेपछि सबैकुरा हुन्छ र हुनुपर्छ ।’ भन्दै उनले निरंकुश व्यवहार देखाएको प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केही विवाद आएको भएपनि मिलाउन विकल्पहरु खोज्नु पर्नेमा उल्टै हप्की दप्की गरेको र झण्डै हात हालाहाल कै अवस्था सिर्जना भएको महाधिबेशनका एक प्रतिनिधीले सुनाएका छन् । उनले भने, ‘सामन्य कुरा शुरु हुँदै गर्दा नै एक्कासी अध्यक्ष ज्युले हुुकुमी पारा देखाउन थाल्नु भयो ।’

अध्यक्ष राईले यो पटकमात्र यस्तो व्यवहार भने देखाएका होइनन् । उनले यसभन्दा केही बर्ष अगाडि किरात राई यायोक्खा सुनसरीको जिल्ला अधिवेशनमा समेत दादागीरी गरेरै नेता भएको जानकारहरु बताउँछन् । कांग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका उनले कांग्रेसको राजनीतिमा आउनु भन्दा अगाडि पाखुरा देखाएरै राजनीतिमा आएको भन्नेहरुपनि धरानमा थुप्रै भेटिएका छन् ।

यायोक्खाको आठौँ राष्ट्रिय महाधिवेशन भोजपुरमा समेत उनले कट्टिले टेबुल काटेको चर्चा भोजपुर तिर अझै चलिनै रहेको छ । एकजना भाईलाई लिएर उनले त्यहाँ उपद्रो मच्चाएको जानकारहरु बताउँछन् ।

यस अघि २०७४ सालको स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखका उम्मेदवार रहेका राईले त्यसबेला समेत किरात राई यायोक्खाको नाम भजाएका थिए र उनको यो षडयन्त्र थाहा पाएर तत्कालिन एमालेका कार्यकर्ताहरुले उनलाई सचेत समेत गराएका थिए । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख तारा सुब्बाको असामयीक निधन पछि फेरी धरानमा फेरी उपनिर्वाचन हुँदैछ । यस निर्वाचनमा आफ्नो अनुकुल बनाउन उनले अहिलेको तिकडम शुरु गरेको बताइन्छ ।

२०७५ फागुन २० गते प्रकाशित

प्रतिकृया दिनुहोस्