News Portal

चर्चित सुखानी शहीद स्मृति दिवस मनाउन प्रधानमन्त्री ओली र प्रचण्ड आज झापा जाँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५१ पटक
काठमाडौं

 

फागुन २१, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ इलामको माईनगरपालिकामा रहेको सुखानी शहीद उद्यानमा आयोजित श्रद्धाञ्जलीसभामा सहभागी हुन मंगलबार इलाम जाँदैछन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्ड झापाको चन्द्रगढी विमानस्थल हुँदै इलाम र झापाको सीमावर्ती क्षेत्र सुखानीमा हुने कार्यक्रममा जाने भएकाले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । सुरक्षाका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी तीन घेराको सुरक्षा योजना बनाइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय बनेका ओली र प्रचण्ड सुखानीको श्रद्धाञ्जलीसभा कार्यक्रममा पहिलो पटक एक साथ आउन लागेका हुन् । पार्टी एकतापछि नेकपाका दुई अध्यक्षले एकै मञ्चबाट सुखानी शहीद स्मृति दिवसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको पाठकले बताए। आन्दोलनका क्रममा माइनगरपालिकाको सुखानी जंगलमा हत्या गरिएका पाँच जना शहीद, झापा आन्दोलनका क्रममा बलिदान दिएका चन्द्र डाँगी र रामप्रसाद प्रधानसहित केही दिनअघि ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र शनिबार राति निधन भएका पूर्वउपप्रधान तथा नेकपाका नेता भरतमोहन अधिकारीको योगदानको कदर गर्दै सुखानीको अध्यक्षद्वयले श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम समेत रहेको नेकपाका नेता मणिकुमार राई साम्पाङले बताए ।

२०७५ फागुन २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्