News Portal

सेना दिवस मनाइरहँदा एक जवानले भने ब्यारेकमै गरे आत्महत्या

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२५३ पटक
काठमाडौं

फागुन २१ कञ्चनपुर- नेपाली सेनाले शिवरात्रि तथा सेना दिवस मनाइरहँदा एक जवानले भने ब्यारेकमै आत्महत्या गरेका छन् । कञ्चनपुरको २५ नं बाहिनी भगतपुरमा कार्यरत नेपाली सेनाका जवान २३ वर्षीय वीरबहादुर खड्काले सोमबार बन्दुक प्रहार गरी आत्महत्या गरेका छन् ।

ब्यारेकभित्रै खड्काले गर्धनमा गोली प्रहार गरी आत्महत्या गरेको बताइएको छ । आत्महत्याको कारण भने खुल्न सकेको छैन । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्णराज ओझाले बताए ।

प्रारम्भिक अनुसन्धानको काम जारी रहेको भन्दै ओझाले आत्महत्या गर्न प्रयोग गरिएको बन्दुक परीक्षणका लागि पठाएको बताए । खड्काको शव परीक्षणका लागि महाकाली अञ्चल अस्पतालमा राखिएको छ । खड्का जाजरकोटको छेरा गाउँपालिका–१ का स्थायी बासिन्दा हुन्।

२०७५ फागुन २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्