News Portal

अखिल (क्रान्तिकारी) का भेरी संयोजक पुष्प न्यौपाने प्रहरीद्वारा गिरफ्तार

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३१ पटक
काठमाडौं

काठमाडौं – अखिल (क्रान्तिकारी) का भेरी संयोजक पुष्प न्यौपानेलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य समेत रहेका न्यौपानेलाई मंगलबार प्रहरीले गिरफ्तार गरेको हो ।

अखिल क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य हर्कबहादुर बिकका अनुसार भेरी क्षेत्रीय समन्वय समिति संयोजक न्यौपाने संगठनक कामको सिलसिलामा नेपालगंजबाट सुर्खेत जाँदै गर्दा प्रहरीले गिरफ्तार गरेको छ ।

गैरन्यीयक गिरफ्तार गरेको  भन्दै अखिल क्रान्तिकारीले आपत्ति जनाएको छ । नेता न्यौपानेलाई तत्काल रिहा नगरे संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने बिकले चेतावनी दिएका छन् ।

२०७५ फागुन २१ गते प्रकाशित

प्रतिकृया दिनुहोस्