News Portal

पूर्वमुमा बडामहारानी सिकिस्त, पूर्व राजा ज्ञानेन्द्र जिल्ला भ्रमण स्थगित गरि काठमाडौँ फर्किँदै

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३२१ पटक
काठमाडौं

उहाँलाई पातलो दिशा हुने र पिसाब कम हुने समस्या समेत देखिएको हुँदा हिंजो (मंगलबार) साँझ अस्पताल भर्ना गरिएको थियो ।

मुमा बडामहारानीको विस्तृत स्वस्थ्य जाँच सुरु गरिएको र उहाँलाई डा. खगेन्द्रबहादुर श्रेष्ठ, डा. मृगेन्द्रराज पाण्डे, डा. मधु घिमिरे र डा. ब्रजेन्द्र श्रीवास्तवको प्रत्यक्ष रेखदेखमा उपचार सुरु गरिएको छ । उहाँको सीघ्र स्वास्थ्यलाभको कामनाका लागि हस्पिटल परिसरमा स्वास्थ्यलाभ कामना पुस्तिका राखिएको नर्भिकले जनाएको छ ।

यता पूर्व श्री ५ मुमा बडामहारानी रत्न सिकिस्त भएपछि पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउसो २ बजे काठमाडौं आउँदै छन् । एक महिनादेखि पोखरा बस्दै आउनु भएका पूर्वराजाले अरु आफ्ना सबै कार्यक्रम स्थगित गरि काठमाडौं आउन लागेको बताइएको छ ।
नेपाल समाचारपत्रबाट

२०७५ फागुन २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्