News Portal

कांग्रेस असन्तुष्ट पक्षका नेताहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा २ दिनदेखि बैठक जारी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८३ पटक
काठमाडौं

फागुन २२ काठमाडौं– संस्थापन पक्षले बहुमतको आधारमा विधान पारित गरेपछि नेपाली कांग्रेसको इतर समूह आन्तरिक तयारीमा जुटेको छ। महासमितिमा गरिएको प्रतिवद्धता विपरीत केन्द्रीय कार्य समितिले विधान पारित गरेको थियो।

विधानलाई आफू अनुकूल पारित गरेको भन्दै इतर समूह असन्तुष्ट बनेको छ। नयाँ रणनीतिका लागि असन्तुष्ट पक्षका नेताहरू प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बैठक २ दिनदेखि जारी छ।

मंगलबार बसेको बैठकलाई निरन्तरता दिँदै बुधबार पनि नेताहरूबीच बैठक बसिरहेको छ। मंगलबारको बैठकमा तेश्रो धारका नेता कृष्ण प्रसाद सिटौला सहभागी थिएनन्। बुधबारको बैठकमा भने उनी उपस्थित भएका छन्।

बैठकमा इतरसमूहका शीर्ष तहका अधिकांश नेता उपस्थित छन्। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल,महामन्त्री डा शशांक कोइराला, नेताहरू कृष्ण प्रसाद सिटौला, प्रकाशमान सिंह, डा शेखर कोइराला, डा रामशरण महत, अर्जुननरसिंह केसी, बलबहादुर केसी लगायतका नेताहरु सहभागी भएका छन्।

अघिल्लो साता बोलाइएको केन्द्रीय समितिको बैठकमा सभापतिले अनुशासन समिति गठनको प्रस्तावअघि बढाउन लागेपछि पौडेल र सिटौला समूहले बैठक बहिष्कार गरेका थिए।

५६ जिल्ला सभापतिले मंगलबार विज्ञप्ति निकालेर महासमिति बैठकबाट पारित गरिएको विधान विपरित विधान ल्याइएको भन्दै विशेष महाधिवेशनको माग गरेका छन्।

जिल्ला सभापतिहरूको असन्तुष्टि सहितको विज्ञप्तिले संस्थापन इतरलाई आड दिएको छ।

२०७५ फागुन २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्