News Portal

अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको सांसद पद खारेज हुने भयो

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२६३ पटक
काठमाडौं

फागुन २२, काठमाडौं – टीकापुर घट्नामा दोषी ठहर भएसँगै निलम्बित सांसद रेशम चौधरीको पद खारेज हुने भएको छ । कर्तव्य ज्यान, ज्यानमार्ने उद्योग र डाँका चोरी मुद्दामा कैलाली जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएपछि चौधरीको पद गुम्ने भएको हो ।

संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अदालतबाट दोषी भएपछि सांसद पद स्वतः खारेज हुने जानकारी दिए । पाण्डे भन्छन्, ‘अदालतबाट दोषी ठहर भएपछि सांसद नरहने कानूनी व्यवस्था छ ।’

पुर्पक्षका लागि थुनामा रहेका चौधरीले १९ पुसमा सिंहदरबारमा पुगेर सांसद पदको सपथ लिएका थिए । फरार रहेकै अवस्थामा चुनाव लडेर चौधरी कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

७ भदौ २०७२ मा कैलालीको टीकापुरमा एक नाबालकसहित सात प्रहरीको हत्या भएको मुद्दामा सांसद चौधरीसहित ५८ जनालाई विपक्षी बनाइएको थियो ।

जिल्ला अदालतको फैसला अनुसार जन्मकैद ककसलाई?
रेशमलाल चौधरी
हरिनारायाण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन डगौरा
राजेश चौधरी
वीरबहादुर चौधरी
प्रदीप चौधरी
विद्रोह भन्ने सिताराम चौधरी
श्रवण चौधरी
गंगाराम चौधरी

तर, जिल्ला अदालतले नाबालक रहेका श्रवण चौधरीको हकमा भने १० वर्षमात्र कैद हुने फैसला गरेको छ।

 

२०७५ फागुन २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्