मोटिभेटन्यूज संवाददाताकाठमाडौं

फागुन २२, काठमाडाैं- सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको शून्य समयमा बोल्दै सांसदहरुले आफ्नो क्षेत्र विशेष तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका हुन्।
नेकपा सांसद विरोध खतिवडाले वार्तामार्फत राहत शिक्षकको माग सम्बोधन गर्न सरकारसँग माग गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाहिरबाट आएकाहरुबाट चकलेट, विस्कुट, घडी, ल्यापटपलगायत जफत हुने गरेको भन्दै उनले सोबारे आधिकारिक तथ्यांक सार्वजनिक गर्न माग गरे।
उनले भने, ‘बाहिरबाट आएकाहरुले सामान्य कोसेलीहरु चकलेट, विस्कुट ,रक्सी, घडी, ल्यापटप ल्याएको जफत हुन्छ, तर त्यसको निस्सा प्रमाण केही दिइँदैन, अनि त्यो कहाँ जान्छ त्यो पनि थाहा छैन। लिलाम गरेको सुनेको छैन। यो लखनउ लुट कहिलेसम्म माननीयज्यू?’
२०७५ फागुन २२ गते प्रकाशित
