News Portal

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२५ पटक
काठमाडौं

फागुन २२, काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आज बसेकाे केन्द्रीय समितिकाे बैठकले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने निर्णय गरेकाे महासचिव केशव झाले बताए।

संसदमा राजपा नेपालका १७ जना सांसद छन्।

थरुहट आन्दाेलनका क्रममा एक नाबालकसहित ८ प्रहरीकाे ज्यान जाने गरी भएकाे कैलालीकाे टिकापुर काण्डमा सांसद रेशम चाैधरीसहित ११ जनालाई जन्मकैदकाे फैसाला सुनाएपछि राजपाकाे केन्द्रीय समितिकाे बैठक बसेकाे थियाे। बैठकले अदालतकाे फैसलाले राजपा नेपाललाई स्तब्ध र मर्माहत तुल्याएकाे जनाइएकाे छ।

दुई तिहाई बहुमत रहेकाे सरकारले संविधान संशाेधन नगरेकाे तथा मधेश र थरुहट आन्दाेलनका बन्दिहरुकाे रिहाइ नगरेकाे, उनीहरुमाथि लगाइएका झुठा मुद्दा फिर्ता नलिइएकाे र घाइतेहरुकाे उपचार नगराएकाे भन्दै राजपाले सरकारलाई दिएकाे समर्थन फिर्ता लिने घाेषणा गरेकाे हो।

राजपाले वर्तमान सरकारले बेराेजगारी समस्या समाधान, महंगी नियन्त्रण र भ्रष्टाचार नियन्त्रण नगरेकाे, असिना एवम् बाढीवीडितलाई राहत नदिएकाे, निर्मला पन्तकाे बलात्कार घटनालगायतमा संलऊन अपराधीलाई कारबाही नगरेकाे, शान्तिसुरक्षा कायम गर्न नसकेकाे, सन्तुलित परराष्ट्र नीति अबलम्बन गर्न नसकेकाे आराेप लगाएकाे छ।

२०७५ फागुन २२ गते प्रकाशित

प्रतिकृया दिनुहोस्