News Portal

‘विखण्डनवादी’ नेता सीके राउतलाई छाड्न सर्वोच्च अदालतको आदेश

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६४ पटक
काठमाडौं

फागुन २३, काठमाडौं – केही महिनायता काठमाडौँमा थुनामा रहेका ‘विखण्डनवादी’ नेता सीके राउतलाई छाड्न सर्वोच्च अदालतले बिहीबार आदेश दिएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको इजलासले राउतलाई सामान्य तारिखमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशमा अपराधसँग सम्बन्धित प्रमाण फेला नपरेकाकाले उनलाई पुर्नपक्ष थुनामा राख्नुपर्ने अवस्था नदेखिएको उल्लेख गरिएको छ ।

उनी राज्य विरुद्ध संगठित कसुर गरेको अभियोगमा रौतहट जिल्ला अदालतको आदेशअनुसार पुर्नपक्ष थुनामा रहेका थिए । राउत अहिले केन्द्रीय गारागारमा थुनामा रहेका छन् ।

राउतले पुर्नपक्ष थुनामा पठाउने रौतहट जिल्ला अदालतको आदेश कानुन संवत नरहेको भन्दै सर्वोच्चमा यही फागुन १५ गते सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

पछिल्लोपटक असोज २१ गते पक्राउ गरेका राउतलाई रौतहट जिल्ला अदालतले मंसिर २० गते थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

२०७५ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्