News Portal

यस्तो रहेछ प्रधानमन्त्री ओली सवार जहाज होल्ड हुनुको कारण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३८८ पटक
काठमाडौं

फागुन २३, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली सवार यति एयरलाइन्सको एटिआर विमान उडान गर्ने पाइलटले विमानस्थल टावरलाई भिभिआइपी रहेको जानकारी नगराउँदा आकाशमा नै होल्ड भएको छ।  जहाज आकाशमा १२ मिनेट होल्ड भएको विमानस्थल टावर कन्ट्रोल स्रोतले जानकारी दिएको छ।

प्रधानमन्त्री ओली गत २१ गते झापाको भद्रपुर विमानस्थलबाट काठमाडौं आउने क्रममा आकाशमा होल्ड भएको थियो। उनी झापा आन्दोलन (सुखानी काण्ड)का अगुवा मारिएको दिन आयोजित कार्यक्रमा भाग लिन झापा गएका थिए।

जहाज उडान गर्ने पाइलटले जहाज होल्डमा परेको केही समयपछि मात्रै फ्लाइटमा प्रधानमन्त्री सवार रहनु भएको जानकारी गराएको स्रोतको दाबी छ।

त्यति मात्रै होइन, झापाबाट उडान भर्ने समयमा पनि यतिको उक्त जहाजको फ्लाइट विवरण समेत विमानस्थललाई मेन्सन नगरेको स्रोतको दाबी छ।

जब पाइलटले जहाजमा प्रधानमन्त्री रहनु भएको जनकारी गराउने बित्तिकै ल्यान्डको समय तुरुन्तै मिलाइको टावर स्रोत बताउँछ।

‘जहाजमा प्रधानमन्त्री रहनु भएको सूचना पाउँदा रनवेमा कतार एयरवेजको हजाज उडानका लागि तयारी अवस्थामा थियो’, स्रोतले भन्यो, ‘कतार एयरवेजको जहाज तत्काल उडान गरेर प्रधानमन्त्री सवार यतिको जहाज ल्यान्ड गराएका हौं।’

त्यसमा पनि २१ गते विमानस्थलको २ वटा रनवे ‘०-२’ र ‘२-०’ मध्ये ‘२-०’ मा मात्रै ल्यान्डको व्यवस्था गरिएको थियो। जसका कारण अन्य जहाज पनि आकाशमा होल्ड भइरहेको स्रोत बताउँछ।

यता संस्कृति, पर्यटन तथा नागरिक उड्डन मन्त्रालयले भने प्रधानमन्त्री चढेको जहाज आकाशमा २० देखि ३० मिनेट होल्ड भएको विषयमा मन्त्रालयका सहसचिव सुरेश आर्चायको नेतृत्वमा छानबिन समिति गठन गरिसकेको छ।

५ सदस्यीय समितिलाई के कारण जहाज आकाशमा होल्ड गरिएको हो सत्य-तथ्यसहित प्रतिवेदन पेस गर्न ७ दिनको समय दिइएको छ।

२०७५ फागुन २३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्