
सिन्धुपाल्चोक – गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष समेत रहेका जुगल गाउँपालिका सिन्धुपाल्चोकका अध्यक्ष होमनारायण श्रेष्ठले बलेफी तेम्बाथान सडका स्तरोन्नती आयोजनमा कुनै अनियमितता नभएको दावी गरेका छन् ।
सोे आयोजनमा मा ५८ लाख अनियमितता भएको भन्दै केहि संचार माध्यममा आएको समाचार प्रति असहमति जनाउँदै सामाजिक संजाल फेसबुक लाइभ मार्फत अध्यक्ष श्रेष्ठले सो कुराको खण्डन गर्दै लाख त के जुगलका जनताले पत्याउँने गरी एक रुपैयाँ मात्र पनी भ्रष्टाचार गरेको प्रमाणीत भए आफुलाई जुगलमा मात्र होइन यो धर्तिमानै बस्ने अधिकार नभएको बताएका छन् ।अख्तियारमा परेको उजुरीको आधारमा मात्रै अदालत बाट नै अनियमिता प्रमाणित भए जसरी प्रत्यक्ष फिल्डमा आएर वास्तविकता नबुझी आफ्नो फोटो राखेर चरित्र हत्या गर्न खोजिएको भन्दै उनले दुख व्यक्त गरेका छन् ।
आफु कागज मिलाएर विकास गर्ने होइन प्रत्यक्ष जनताले देख्ने गरी विकास गर्ने मान्छे भएको भन्दै उनले भने यदि कागज मिलाएर विकास हुने भएको भए यो देश उहिलेनै सम्वृद्ध भइसक्थ्यो । उताडचडावपुर्ण आफ्नो राजनितिक जीवनलाई स्मरर्ण गर्दै उनले भनेु राजनितिक जीवनमानै मेरो बुवाको हत्या भयो छोरी पनी दुर्घटनमा गुमाएँ यदि अमर आत्मामा विश्वास गर्ने हो भने मलाई मेरो मृत बुवा र छोरीको आत्माले सराप्छ ।
मेरो घरमा ७३ बर्षिय आमा हुनुहुन्छ जसले मलाई संस्कार सिकाउनु भयो, इमान्दारीता सिकाउनु भयो यो घटनाले उहाँलाइ चोट पर्ला भन्ने चिन्ता लागेको छ । हे आमा तपाइले सिकाउँनु भएको संस्कारको बाटोमा यो छोरा हिजो पनी थियो ,आज पनी छ र जहिलेसम्म ढुकढुकी चल्छ तब सम्म रहिरहन्छ।’
उनले अनियमितता सम्वन्धी अनुसन्धानमा आफ्नो हर हमेशा सहयोग रहने पनी बताएका छन् ।
यस्तो छ अध्यक्ष श्रेष्ठको फेसबुक लाइभ
२०७५ भदौ ८ गते प्रकाशित
