News Portal

शेखर कोइराला जथाभावी बोल्दै हिडेको सभापति देउवाको आरोप

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०२ पटक
काठमाडौं

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेता शेखर कोइरालालाई आफूले जथाभावी नबोल्न सम्झाउँदा पनि उनी जथाभावी बोल्दै हिडेको बताएका छन् ।

विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै देउवाले भने, शेखरजीलाई मैले दुईपल्ट भेटेरै सम्झाएको थिएँ तर, उहाँ रोकिनु भएन त्यही भएर मैले जवाफ दिएको हुँ ।

देउवाले कांग्रेसमा कसैले बोल्दैमा कारबाही भने नहुने स्पष्ट बताए । उनले पार्टीको चौधौं महाधिवेशन समयमै हुने दावी पनि गरे ।
चाक्सीबारी बैठकको बारेमा टिप्पणी गर्दै देउवाले साथीहरु बसेर जमघट गर्नु, छलफल गर्नु अनौठो नभएको बताए ।

वाईडबडी विमान खरिदबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा देउवाले प्रधानमन्त्री ओली अहिले बिरामी भएकाले केही नबोल्ने बताउदै उहाँ स्वस्थ भएपछि कुरा गर्ने जानकारी दिए ।

२०७५ फागुन २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्