News Portal

सशस्त्र प्रहरीमा ३२ सय जवानका लागी भर्ना खुल्यो !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३९० पटक
काठमाडौं

फागुन २४, काठमाडौं–  सशस्त्र प्रहरीले ठूलो संख्यामा प्रहरी जवानको माग गरेको छ । सशस्त्र प्रहरीको भर्ना छनौट विभागकाअनुसार ३२ सय ९७ प्रहरी जवानका लागी भर्ना खोलिएको हो ।

सशस्त्रले शुक्रबार प्रकाशन गरेको सूचनाअनुसार खुलातर्फ १ हजार ७ सय ७७, महिला २ सय ९७, आदिवासी, जनजाति ४ सय ७५, मधेसी ४ सय १६, दलित २ सय २२, पिछडिएको क्षेत्र ७४ र अमर प्रहरीबाट ३६ गरी जम्मा ३ हजार २ सय ९७ जना जवान माग गरिएको छ।

सशस्त्रकाअुनसार योग्यता पुगेको इच्छुक नेपाली नागरिकले शुक्रवारदेखि चैत २५ गतेभित्र आवेदन दिन सक्ने उल्लेख गरिएको छ ।

२०७५ फागुन २४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्