मोटिभेटन्यूज संवाददाताकाठमाडौं

फागुन २७ काठमाडौँ – देशको पहाडी भूभागमा आंशिक बदली रहेपनि बाँकी ठाउँमा सोमबारको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अपरान्हपछि भने पश्चिमी भेगका एक–दुई स्थानमा मेघ गर्जनसहित क्षणिक वर्षा हुन सक्ने सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
पश्चिमका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमापातको सम्भावना पनि रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
२०७५ फागुन २७ गते प्रकाशित
