News Portal

कलंकीको जस्तै ‘अण्डरपास’ वानेश्वर र कोटेश्वरमा पनि बन्ने , डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३८ पटक
काठमाडौं

भदौ ८ काठमाडौं – चीन सरकारको सहयोगमा कलंकी चोकमा निर्माण भएको जस्तै ‘अण्डरपास वे’उपत्यकाका अन्य दुर्इ स्थानमा बनाइने भएको छ।वानेश्वर र कोटेश्वरमा अण्डरपास वे बनाउने प्रक्रिया अघि बढेको छ।

विभागले अण्डरपासको डिजाइन बनाउन ग्लोबल टेण्डर आव्हान गरिसकेको छ। डिजाइनका लागि आवेदन दिएका परामर्शदाता कम्पनीहरुको मूल्याङकन भइरहेको सडक विभाग पुल महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। उनका अनुसार छनौट भएको कम्पनीले छ महिनामा अण्डरपासको डिजाइन तयार पार्नेछ।

त्यसपछि निर्माणको प्रक्रिया नै अघि बढाउने विभागको तयारी छ। निर्माण थालेको तीन बर्षमा गाडी कुदाउनका लागि तयार पार्ने योजना छ। एउटा अण्डरपास बनाउनका लागि १ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। त्यसैगरि महाराजगंज चोकमा भने चक्रपथ विस्तारकै क्रममा चीन सरकार आफैंले अण्डरपास बनाउनेछ।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्