News Portal

विप्लवलाई प्रतिबन्ध लगाउने सरकारी निर्णय पार्टीको निर्णय होइन : नेता नेपाल

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१६७ पटक
काठमाडौं

 

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउन सरकारले गरेको निर्णय पार्टीले जिम्मा नलिने बताएका छन् ।

खबरहबसँगको कुराकानीमा नेता नेपालले यो निर्णय पार्टीमा छलफल नै नभई भएकाले यसको जिम्मेवारी लिन नसकिने बताए । उनले भने, ‘विप्लव समूहलाई प्रतिबन्ध लगाउने निर्णय सरकारको हो । यो विषयमा पार्टीमा कुनै छलफल नै भएको छैन् । सरकारले गरेको यो निर्णयप्रति पार्टी जिम्मेवार छैन्। यसबाट सिर्जित परिस्थिति प्रति पार्टी जवाफदेही हुनेछैन।’

सरकारले कुनै पनि निर्णय हतारोमा गर्न नहुने भन्दै नेता नेपालले सबै समस्याको समाधानका लागि छलफल आवश्यक रहेको बताए ।

उनले देशमा शान्ति सुरक्षाको व्यवस्था गर्ने काम सरकारको रहेको भन्दै शान्ति र अमनचयन कायम गर्न सरकार प्रतिबद्ध हुनुपर्ने बताए ।

२०७५ फागुन २९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्