मोटिभेटन्यूज संवाददाताकाठमाडौं

फागुन ३०, काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ ।
दिनभर देशभरको मौसम बदलीकै अवस्थामा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।
२०७५ फागुन ३० गते प्रकाशित
