News Portal

आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१८७ पटक
काठमाडौं

चैत्र १ काठमाडौँ – आगामी वैशाखदेखि पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याइने भएको छ । नेपाल आयल निगमले चैतमा पाइप लाइन निर्माणको काम सकेर वैशाखदेखि पेट्रोलियम पदार्थ ल्याइने जनाएको छ ।

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनको २८ किलोमिटर निर्माण सम्पन्न भएको छ । अब आठ किलोमिटर निर्माण बाँकी छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

अमलेखगन्जदेखि पथलैयासम्मको जङ्गलमा रुख कटानको काममा प्रक्रिया पुर्याउँदा ढिलाइ भएको निगमले जनाएको छ ।

२०७५ चैत १ गते प्रकाशित

प्रतिकृया दिनुहोस्