News Portal

सडकमा फोहोर थुपार्नेलाई कारबाही

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३५ पटक
काठमाडौं

भदौ ८, नेपालगञ्ज – नेपालगञ्जमा सडकमा फोहोर थुपार्नेलाई कारबाही सुरु गरिएको छ । नेपालगञ्जको कारकादौंमा रहेको होण्डाको शोरुमलाई  सडकमा फोहोर थुपारेको भन्दै वडा नम्बर १८ ले शुक्रबार १५ हजार रुपैयाँ जरिवानाको पत्र थमाएको छ । वडा अध्यक्ष र नगर प्रहरीसहितको टोलीले जरिवाना गराएको हो ।

वडा अध्यक्ष दिपक बर्माले सडकमा संकलन गर्न नसकिने गरी  फोहोर नफाल्न पटक–पटक अनुरोध गर्दा पनि अटेर गरेपछि जरिवाना गराइएको जानकारी दिए ।  जरिवानापत्रमा जथाभावी फोहोर नगर्न र हाल जम्मा भएको फोहोर पनि तत्काल हटाउन निर्देशन दिइएको छ । कारकादौंको मूल सडकमा जम्मा भएको फोहोर संकलनका लागि हरेक बिहान ट्रयाक्टर आउने गरेको छ । तर होण्डा शो रुमले भने धेरै दिनको फोहोर एकैपटक जथाभावी सडकपेटीमा फाल्दा संकलनमा कठिनाई भएको उपमहानगरपालिकाका कर्मचारीहरुले बताएका छन् ।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्