News Portal

मान्छे चिन्तित किन हुन्छ ? हेर्नुस चिन्त्ता मुक्त हुने तरिका

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
९०० पटक
काठमाडौं

काठमाण्डौ- मान्छे चिन्तित हुन्छ किन ? रीसाउँछ किन ? अर्कोलाई पिट्न खोज्छ किन ? सबैलाई खराब देख्छ किन ? सबैलाई दोष मात्र लगाउँछ किन ? मेरो निर्णय ठीक अरुको बेठिक भन्छ किन ? किनभने यी सम्पूर्ण कुरा ऊ स्वय भित्र रहेको छ ।

त्यसैले मान्छेले खाली अरुलाई दोष मात्रै लगाउँछ । तर बुद्धिमानी तथा जीवनमा प्रगती गर्न चाहने व्यक्तिले यो कुरा अर्कोले दोष लगाउन् भन्दा पहिलानै बुझिसकेको हुन्छ । यदि एउटा बोतलमा मह राखिएको छ भने त्यहाँबाट के पाइन्छ ? त्यस बोतलबाट गुलियो मात्र पाइन्छ । फेरि त्यसमा जाँड राखिएको छ भने तितो र टर्रो पाइन्छ ।

जुन मान्छेले अरुमा नराम्रो र दोषै दोषले भरिएको मात्र देख्छ, त्यो व्यक्ति स्वयं पनि नराम्रो र दोषै दोषले भरिएको हुन्छ किनभने जाँडले भरीएको बोतल खन्याउँदा कहील्यै पनि अमृत झर्दैन ।

अतः जुन मान्छेले अरुमा दोषै दोष मात्र देख्छ त्यो व्यक्तिको सोंच दोषै दोषले भरिएको हुन्छ किनभने बोतलबाट खन्याउँदा बोतलमा जस्तो स्वाद राखिएको छ त्यही बाहिर आउँछ, त्यस्तै मान्छे पनि जव नराम्रा कुरा बोल्छ त्यो मान्छे नराम्रा कुराले भरिएको हुन्छ । त्यसैले को व्यक्ति कस्तो छ भनेर चिन्नको लागि धेरै सजिलो छ ।

अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ(ISKCON) का संस्थापक आचार्य ए.सी. भक्ति वेदान्त स्वामी श्रील प्रभुपाद भन्नुहुन्छ—कुनै पनि व्यक्ति सुकिलो टाइ सुट लगाउँदैमा व्यक्तिः त्यति बेलासम्म चिन्न सकिदैन जतिबेलासम्म ऊ बोल्दैन । किन भने बोल्न शुरु गरेपछि मान्छेले आफुभित्र के छ भन्ने कुरा तुरुन्तै बाहिर निकाल्न शुरु गर्दछ । त्यसकारण बोलिने मान्छेलाई चिनाउँछ । मान्छे समाजमा गनाउने की बसाउने समस्याबाट फुत्किने कि बाँधिने भन्ने कुरा उसको चेतना अनुसार बगिरहेको हुन्छ ।

२०७६ साउन ९ गते प्रकाशित

प्रतिकृया दिनुहोस्