News Portal

पत्रकार अर्जुन सुबेदीको उपचारार्थ संकलित रकम हस्तान्तरण

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२३० पटक
काठमाडौं

काठमाडौ – नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाको अगुवाईमा पत्रकार अर्जुन सुबेदीको उपचारार्थ संकलित एक लाख पाँच हजार एक सय तेह्र (१,०५,११३) रुपैंया आज हस्तान्तरण भएको छ।
पत्रकार महासंघको केन्द्रिय कार्यालय, काठमाडौंमा शनिवार एक कार्यक्रमका बिच उक्त रकम हस्तान्तरण गरिएको हो । सहयोग रकम हस्तान्तरण गर्दै पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापामगरले कोरिया शाखालाई धेरै-धेरै धन्यवाद दिएका छन् भने रकम ग्रहण गर्दै पत्रकार सुबेदीले पनि शुभचिन्तक तथा सहयोगी सम्पूर्णलाई आभार व्यक्त गरेका छन्।

कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सदस्य जन्मदेव जैसीले कोरिया शाखाको उदाहरणीय कामको उच्च मुल्याकंन गर्दै यो पुण्य कामले सबै पत्रकारहरुफे प्रेरणाको रुपमा लिएर सहयोगी भावना जागृत गर्न मद्दत पुगेको बताए ।

नागरिक दैनिकमा आबद्द पत्रकार सुबेदी कलेजो र पित्तथैलीको समस्याका कारण विगत एक बर्ष देखि निरन्तर उपचार गराउँदै आईरहेका थिए। हालसालै एकैसाथ गरिएका दुईवटा जटिल शल्यक्रिया पश्चात पनि थप उपचारका लागि ठूलो रकम आवश्यक पर्ने देखिएकोले सहयोग अभियान चलाईएको थियो।

उनको उपचारको सहयोगार्थ नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले एक हप्ताको अभियान चलाएको थियो, जसमा कोरियामा विभिन्न मिडियामा आबद्द रहेका पत्रकार, सामाजिक अभियान्ता, शुभचिन्तक साथै संघसंस्थाहरुले सहयोग गरेका थिए। अभियानमा सहभागी सम्पूर्ण सहयोगी मनहरुलाई महासंघ परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

२०७५ चैत ३ गते प्रकाशित

प्रतिकृया दिनुहोस्