News Portal

विप्लवको पार्टीलाई प्रतिबन्ध लगाएर सरकारले गम्भिर गल्ती गर्यो : काँग्रेस नेता प्रधान

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१९ पटक
काठमाडौं

चैत्र ४ काठमाडौँ – नेपाली काँग्रेसका नेता तथा पूर्व मन्त्री भिमसेन दास प्रधानले सरकारले विप्लव नेतृत्वको नकपा माथी लगाएको प्रतिबन्ध तत्काल हटाउनुपर्ने बताएका छन । बार्ता र संबादको माध्ययमबाट समस्याको समाधान गर्न सकिने सम्भावना हुँदा हुदै दुइतिहाइको दम्भ देखाएर प्रतिबन्ध लगाउनु सरकारको गम्भिर गल्ती भएको बताए ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता प्रदानले विगतको माओबादीलाई त संबादका माध्ययमबाट शान्ति प्रक्रियामा ल्याउन सकियो भने अहिले त विप्लव पार्टी त्यो अवस्थामा पुगि नसकेकाले तत्काल प्रतिबन्ध फुकुवा गरेर बार्ताको आह्वान गर्नुपर्ने बताए ।

गोर्खा एफएमबाट प्रसारित कार्यक्रममा उनले राणा शासन, पन्चायत, राजतन्त्र भन्दा पनि कडा रुपमा प्रस्तुत भएर ओली सरकारले राजनीति गतिविधि माथी प्रतिबन्ध लगाएर देशमा अधिनायकबाद लाध्न खोजेको आरोप लगाए । उनले भने, ‘यदि देशमा दन्द्ध भयो र नेपाली जनतालाई केही तलमाथी भयो भने नेकपाले जिम्मा लिनुपर्नेछ  ।’

२०७५ चैत ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्