News Portal

महामानवहरुको विनोदप्रियता (महामानवहरुमा हुनुपर्ने गुर्ण)

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९१ पटक
काठमाडौं

काठमाडौँ – यदि कसैले म बाट विनोदप्रियता खोस्छ भने म त्यही दिन पागल हुनेछ । मुस्कान तथा अल्हाद थकानको औषधी हो, विनोद यसको जनक हो । विनोदप्रियता अधिकांश महापुरुषको गुण हो । गान्धीको जीवनको यो अनिवार्य पक्ष थियो ।

कलकत्तामा गान्धीले खादी प्रदर्शनीको उद्घाटन गर्दै भनेका थिए, ‘आज जसले खादी किन्ने छ उसको केशमीमो म बनाउने छु । हेर्दा हेर्दै खादी किन्नेको भीड जम्मा भयो । केही क्षणमा ढाई हजार रुपैयाँको खादी बिक्यो ।’

आचार्य कृपलानीले यो चमत्कार देखेपछि मजाक गर्दै भने, “लिनुदिनु केही नबन्नुले ढाई हजार रुपैयाँ मा¥यो । गान्धीजी कहिले पो पछाडी पर्नेवाला थिए र बोलिहाले, यो काम तिमी जस्तो बनियाले नै गर्न सक्छ, प्रोफेसरले हैन ।”
९ अगस्ट सन् १९४२ प्रातः काल पुलिस कमिश्नर गान्धीलाई गिरफ्तार गर्न पुगे उनलाई लग्दै पुलिस कमिश्नरले छेउमै उभिएका घनश्यामदास बिडलासंग भने, “गान्धीका लागि आधा लिटर बाख्राको दूध दिलाईदिनुस् ।”

बिडलाजीले बाबूसँग सोधे, “यी मानिस तपाइको बाख्राको दूध माग्छन् । उनले हाँस्दै भने चार आना लिउ र दूध देऊ ।” एक पटक एक अंगेज पत्रकारले गान्धीसंग सोधे, “तपाई देशका महान नेता भएर पनि सधैँ रेलको तेस्रो दर्जामा नै यात्रा किन गर्नुहुन्छ ?” गान्धीले त्यसै क्षण जावाफ दिए, “यसकारणले कि रेलमा कुनै चौथो दर्जा हुदैन । पत्रकार यो जवाफ सुनेर चुपचाप भए ।”

एक साँझ पण्डित मोतीलाल नेहरु आफ्ना छोरा जवाहर लालसँग गान्धीसँग भेट गर्न साबरमती आश्रमममा गए । झुपडीमा माटाको दियो बलिरहेको थियो र ढोका बाहिर लठ्ठी राखिएको थियो । उनी जवाहरुलालसँग केही मजाक गर्न लागेका थिए, जब उनले त्यो दियो निभाइदिए । अध्यारोमा जवाहरलाल लठ्ठीमा गएर ठोकिए । उनको घुँडामा चोट लाग्यो । जवाहरलाल छिटो रिसाइहाल्ने स्वाभाव भएका थिए । यो चोटले उनी रिसाए । उनले गान्धीसँग सोधे, “बापू तपाईं मुखले अहिंसाको कुरा गर्दै हिड्नुहुन्छ र लठ्ठी हातमा बोकेर हिंड्नु हुन्छ, तपाईं यस्तो किन गर्नुहुन्छ ?”

गान्धीले हाँसेर भने, “तिमी जस्ता शैतान केटालाई ठीक पार्नका लागि ।” गान्धी दोस्रो गोलमेच सम्मेलनमा भाग लिनका लागि इग्ल्याण्ड गए । त्यहाँका मानिसले जिद्धी गरेर उनलाई बालरुम डान्स देखाउनका लागि लिएर गए । त्यहाँ सबै आ–आफ्ना जोडीसँग नाच्न थाले । एक अग्रेजले भने, “तपाईं पनि आफ्नो पार्टनर रोज्नुस् ।” गान्धीले आफ्नो लठ्ठी देखाएर भने, “मसँग मेरो पार्टनर छ ।” यो सुनेर सबै जना हाँस्न थाले ।

एकदिनको कुरा हो सेठ जमनलाल बजाजले गान्धीसँग भने, बापु यो त थाहा छ कि तपाईं मलाई अपार स्नेह गर्नुहुन्छ, तर म चाहान्छु कि तपाई मलाई देवीदासलाई झैँ मलाई पनि आफ्नो पुत्र बनाउनुस् । उनको अभिप्राय धर्मपुत्र बनाउनु भन्ने थियो । यो कुरा थाहा पाएर गान्धीले अग्ला र मोटा बजाजतिर हेर्दै भने, जे भन्दै छौ त्यो ठीक हो बाबुले छोरालाई काखमा राख्छ, तर यहाँ त स्थिति उल्टो छ छोराले बाबुलाई काखमा राखेको जस्तो देखिन्छ ।

विनोद प्रियताको प्रवृत्तिलाई हामी पनि आफ्नो स्वभावको अंग बनाएर हेरौँ, विषद कहिल्यै हाम्रो नजिक आउन सक्दैन ।

२०७५ चैत ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्