News Portal

तेजस्वीको कविताः विश्वास !

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२०३ पटक
काठमाडौं

*कविता

सबैभन्दा ठूलो अभिशाप त विश्वास पो रै छ ।
त्यही विश्वासमा अल्झीएर मुटु छियाछिया हुदो रै छ ।
*************************************
उसका ती मिठा वचनले विश्वास गरुगरु लाग्नी रै छ ।
तर त्यही मिठा वचनले दिनबित्दै जादा धुरुधुरु रुवाउनी रै छ ।
*************************************
उसका ती चिप्ला कुरामा विश्वास गर्नु मेरो भुल भयो ।
त्यसैले त आज यो दिल दुख्न सम्म दुखी दियो ।
*************************************
अनेक जाल बुन्दै रहेछ्न उनी
तर म कस्तो त्यो जाल बुझ्नै नसक्नी
*************************************
जब-जब म उसको चरित्र बुझ्दै गएछु ।
तब-तब म उसको नजरमा गिर्दै गएछु ।
*************************************
विश्वास पनि कसको गर्नु र यहाँ ।
तिम्रै आफनै हु भन्ने ले नै चोट दिन्छ्न जहाँ ।

२०७५ चैत ४ गते प्रकाशित

प्रतिकृया दिनुहोस्