News Portal

बालिका पन्त हत्याबारे छानबिन टोलीले काम शुरु गर्यो, सामान्य बन्दै कञ्चनपुर

काठमाडौं
२३५ पटक
काठमाडौं

भदौ ८, कञ्चनपुर – कञ्चनपुरकी १३ बर्षिय बालिका निर्मला पन्त हत्याको छानबिन गर्न सरकारले बनाएको टोली महेन्द्रनगर पुगेको छ । सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीलगायत ५ सदस्य टोली बुद्ध एयरको उडानबाट शुक्रबार बिहान धनगढी आइपुगेको हो । टोलीले आज बिहान प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको निवासमा पुगेर घटनाबारे छलफल गरेको मुख्यमन्त्रीको स्वकिय सचिबालयले जानकारी दिएको छ । पन्तका बास्तबिक हत्यारालाई कार्बाहीको माग गर्दै बिगत केही दिन देखी चर्को आन्दोलन भएपछि गृह मन्त्रालयले उच्च स्तरिय छानबिन टोली गठन गरेको हो ।

हत्याको बिषयमा प्रदेश सरकारले पनि कुनै प्रतिकृया नजनाएको भन्दै स्थानियले प्रदेश सरकारको पनि आलोचना गर्दै आएका छन् । टोली संगको भेटमा मुख्यमन्त्री भट्टले घटनाको निश्पक्ष छानबिन गर्न टोलीलाई आग्रह गरेका छन् । साथै उनले छानबिनका लागी टोलीलाई प्रदेश सरकारले पुरा सहयोग गर्ने बताएका छन् ।

सामान्य बन्दै कञ्चनपुर

केही दिन यता आशान्त बन्दै आएको कन्चनपुर सदरमुकाम भिमदत्तनगर आज शान्त रहेको छ । त्यहाँको जनजिबन पनि बिस्तारै सामान्य बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि लगाएको अनिश्चितकालीन कर्फ्यू आज बिहान ५ बजेबाट हटेपछि जनजीवन सामान्य बनेको हो । सडकमा सार्वजनिक तथा निजी सवारीका साधन चल्न थालेका छन् भने बजार पनि खुल्न थालेको छ । हत्याको बिरोधमा शैक्षिक संस्था भने आज पनि बन्द रहेका छन् ।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्