News Portal

प्रधानमन्त्री चढेको विमान होल्ड प्रकरणः छानबिन समितिद्वारा एटीसीको कान जाँच्नुपर्ने प्रतिवेदन

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
१९२ पटक
काठमाडौं

चैत्र ५, काठमाडौँ – प्रधानमन्त्री केपी ओली चढेको विमान होल्डमा राखिएको विषयमा अध्ययन गर्न बनाइएको छानबिन समितिले काठमाडौं विमानस्थलमा रहेका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) को कान जाँच्नुपर्ने प्रतिवेदन दिएको छ ।

सहसचिव सुरेश आचार्यले सोमबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री धनबहादुर बुढालाई बुझाएको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको मन्त्रालय स्रोतले बतायो । अघिल्लो मंगलबार प्रधानमन्त्री ओली चढेको विमान गृहजिल्ला झापाको भद्रपुर विमानस्थलबाटं फर्कदै गर्दा काठमाडौंमा अवतरण गर्ने क्रममा ६ मिनेट हाराहारी होल्डमा परेको थियो । कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

२०७५ चैत ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्