News Portal

विप्लव कमरेड जसरी पनि बार्तामा आउनुपर्छ : नेकपा नेता पाण्डे

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
३३६ पटक
काठमाडौं

काठमाडौँ – सत्तारुढ नेकपाका नेता तथा असन्तुष्ट समुहलाई बार्तामा ल्याउनका लागि गठीत बार्ता समितिका पूर्व संयोजक सोम प्रसाद पाण्डेले नेत्रविक्रम चन्द्र ‘विप्लव’ले नेतृत्व गरेको नेकपालार्ई जसरी पनि बार्तामा आउन अग्रह गरेका छन् । इतिहाँसमा ठुला ठुला समस्याहरु पनि बार्ताकै माध्ययमबाट पार लागेको भन्दै पाण्डेले बन्दुकले समस्याको समाधान नहुने बताए ।

पत्रकार शोभराज बरालको रेडियो कार्यक्रम संबाद चौतारीमा बोल्दै नेता पाण्डेले बार्ताका लागि हदै सम्मको पहल गरेको तर उक्त पार्टी आफ्नो सम्पर्कमा रहेपनि बार्ता गर्न तयार नरहेको आरोप लगाए । हल्का फुल्का संबाद मात्र भएको तर उच्च नेतृत्वसम्म पुग्न नसक्दा बार्ताको बतातावरण बन्न नसको उनको भनाइ छ । अहिले पनि सरकारसंग भन्दा सुरक्षा संयन्त्रसंग विप्लवका गतिविधिको फेहरिस्त रहेको र प्रसाशनले चाहेको खण्डमा उक्त पार्टीका उच्चस्तरका नेताहरुलाई गिरप्तार गर्नसक्ने बताए ।

उनले भने, ‘सुरक्षा संयन्त्रले शुष्म रुपमा निगरानी गरिरहेको छ । कपिलबस्तुको स्थायीसमिति बैठकमा विषयमा सरकारलाई जानकारी थियो तर ठाउँको बारेमा जानकारी थिएन । सुरक्षा संयन्त्रले बैठक बस्ने ठाउँ, कति जना पुगे, को कहाँबाट आउँदैछन भन्नेकुराको सबै रिपोटिङ भएको पाइयो । यो विषयले के पुष्टि गर्छ भने जति गोप्य कार्यक्रम गरेपनि त्यो सुरक्षा निकायको जानकारीमा आइहाल्छ ।’

गोर्खा एफ एमबाट प्रशारीत कार्यक्रममा सिके राउतलाई आफ्नै बार्ता समितिका कारण मुलधारको राजनीतिमा ल्याउन सफल भएको बताए । उनले आफ्नो बार्ता समितिले विभिन्न खालका समुहसंग बार्ता गरेको र सफल पनि भएको पुष्टी गरे ।

२०७५ चैत ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्