News Portal

बलात्कारीलाई मृत्युदण्ड दिन आवश्यक भए पनि सम्भव नभएकाले बाजुन्जेल जेलमा राखौं’

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२७९ पटक
काठमाडौं

भदौ ८ काठमाडौं – प्रतिनिधिसभाको बैठकमा बलात्कार सम्बन्धी सार्वजनिक महत्वको प्रस्तावमा छलफल शुरु भएको छ। नेकपाकी सांसद विन्दा पाण्डेले दर्ता गरेको संकल्प प्रस्तावमाथि छलफल सुरु भएको हो।

उक्त प्रस्तावमा बोल्दै सांसद पाण्डेले यो आर्थिक वर्षमा हरेक दिन ४ जना महिला बलात्कारको शिकार भएको दाबी गरिन्। संविधानको मौलिक हकमा समेत महिलाको हक सुरक्षित गरेको तर दैनिक रुपमा बलात्कारका घटना बढ्दै गएको उनले बताइन्। महिला विरुद्धको हिंसाका विषयमा हाम्रो संविधान उत्कृष्ट छ। तर अहिले किन बलत्कारका घटना भईरहेका छन्? खोजीको मुख्य विषय हुनुपर्ने उनको तर्क छ।

‘दलहरुका घोषणापत्र, दलका नेताहरुले जनाउने प्रतिवद्धता धेरै भएका छन् तर समाजमा दाइजो, यौनहिंसा, जबरजस्ती करणीका घटना बढ्दै गएका छन्’ उनले भनिन् ‘मलाई पुरुषदेखि डर लाग्छ भन्न छोरीहरू बाध्य भएका छन्।’

‘निर्मला पन्तको बलात्कारपछि हत्या हुँदा महिना दिनसम्म किन अपराधी पक्राउ पर्दैनन्’ भन्दै उनले मुलुकमा देखिएको अपराधमा संसद गम्भीर होस् भनी आफूले संकल्प प्रस्ताव दर्ता गरेको बताइन्।

‘गत वर्ष दैनिक ३ जना, यो वर्ष हरेक दिन ४ जना बलात्कारको शिकार हुने गरेका छन्’ उनले भनिन् ‘बालिकाहरु ठुलो संख्यामा बलात्कारको शिकार भएका छन्। नबुझ्ने बालिका र वृद्धाहरु समेत शिकार भएका छन्।’ कतिपय घटना त उजुरी नै नपर्ने भन्दै उनले मृत्युदण्ड दिन आवश्यक भए पनि सम्भव नभएकाले बाजुन्जेल जेलमा राख्नु पर्ने माग गरिन्।

२०७५ भदौ ८ गते प्रकाशित

प्रतिकृया दिनुहोस्