News Portal

के आज पानी पर्ला त ? यस्तो छ भन्छन मौसमविद्

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२९० पटक
काठमाडौं

चैत्र ५, काठमाडौँ – देशका अधिकांश क्षेत्रको मौसम मंगलबार आंशिकदेखि सामान्य बदलीको अवस्थामा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली हुने मौसमविदले बताएका छन् । यस्तै अरु क्षेत्रको मौसम भने आंशिक बदली हुनेछ । पहाडी क्षेत्रका केही ठाउँमा अपराहन्नतिर मेघ गर्जनसहित हल्का वर्षा हुने सम्भावना छ ।

काठमाडौँ उपत्यकासहितका क्षेत्रमा सोमबार बेलुकातिर बदली भइ पानी परेको थियो । मंगलबार पनि घाम लाग्ने र बदली हुने क्रम जारी रहने जनाइएको छ ।

२०७५ चैत ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्