News Portal

ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ नामक घातक विस्फोटक भएको पुष्टी

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२१३ पटक
काठमाडौं

चैत्र ५, काठमाडौँ – ललितपुर नख्खुमा भएको विस्फोटमा ‘नियो जेल नाइन्टी’ प्रयोग गरेको पाइएको छ । यस्तो टाइम बम (टाइम डिभाइस) अत्यधिक क्षमताको र खतरनाक मानिन्छ । गत फागुन १० मा नख्खुमा भएको विस्फोटमा एकजनाको ज्यान गएको थियो ।

नियो जेल नाइन्टी एमुनियम नाइट्रेटबाट बनेको विस्फोटक पदार्थ हो । यस्तो विस्फोटक पदार्थ नेपाल र भारतमा सुरक्षा निकायको सिफारिसबिना खरिदबिक्री गर्न पाइँदैन ।

सुरक्षा निकायका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्ताले डेटोनेटर लगायतका आवश्यक सामग्री प्रयोग गरी नख्खुमा विस्फोट गराएका थिए । सोही दिन कमलपोखरीमा नेपाली सेनाले निष्क्रिय गरेको बममा पनि नियो जेल नाइन्टी प्रयोग गरिएको थियो । विप्लव समूहले कमलपोखरीमा राखेको बम ७ किलोग्रामको थियो । पे्रसर कुकरभित्र नियो जेल नाइन्टी, डेटोनेटर र पाँचवटा ब्याट्री राखिएको थियो । रिमोट कन्ट्रोल प्रणालीमा राखिएको उक्त बम विस्फोट हुन पाएन । विस्फोट भएको भए नख्खुको भन्दा बढी जनधनको क्षति हुने सुरक्षा अधिकारीले बताए ।

सैनिक प्रवक्ता यामप्रसाद ढकालले नख्खु र कमलपोखरीमा राखिएको बममा नियो जेल नाइन्टी प्रयोग भएको बताए । ‘नियो जेल सडक र सुरुङ निर्माण गर्दा ठूला पहाड र चट्टान फुटाउन प्रयोग हुन्छ । त्यसैले यो सर्वसाधारणको पहुँच बाहिर हुन्छ,’ ढकालले भने, ‘बेलैमा सूचना पाएकाले सेनाले डिस्पोज ग¥यो । नत्र नख्खुको भन्दा धेरै क्षति हुन सक्थ्यो ।’
अन्नपूर्णबाट

२०७५ चैत ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्