News Portal

निर्मला हत्याकाण्डः बर्खास्त भएका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर

मोटिभेटन्यूज संवाददाताकाठमाडौं
२२९ पटक
काठमाडौं

काठमाडौँ । कञ्चनपुर उल्टाखामकी १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणमा प्रमाण नष्ट गरेको आरोपमा बर्खास्त भएका नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट अदालतमा हाजिर भएका छन् । एसपी बिष्टसँगै डिएसपी अंगुर जीसीलाई पनि अदालतमा हाजिर हुन सूचना जारी भएपछि उनीहरु मंगलबार बिहान जिल्ला अदालत कञ्चनपुरमा हाजिर भएका हुन् । दुई जनामध्ये विष्ट मात्र अदालतमा उपस्थित भएका अदालत स्रोत बताउछ ।

निर्मला को बलात्कार र हत्या प्रकरणका अन्य आरोपी भने अदालते धरौटीमा छाडेको छ । केही दिन अघि न्यायाधीश राजेन्द्रकुमार आचार्यको इजलासले तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टरद्वय एकेन्द्र खड्का र जगदीशप्रसाद भट्ट, सईद्वय हरिसिंह धामी र रामसिंह धामी तथा जवान चाँदनी साउदलाई धरौटीमा छाड्ने आदेश दिएको थियो ।

२०७५ चैत ५ गते प्रकाशित

प्रतिकृया दिनुहोस्